मोबाइल र गाडीको चाबी घरै छाडेर बलराम सम्पर्कविहीन, खोजीमा जुटे प्रहरी र आफन्त
पाेखरा | माघ ३, २०७९
पोखराः पोखराको गैह्रापाटन निवासी बलराम गौतम सोमबार दिउँसोदेखि परिवार र आफन्तसँग सम्पर्कविहीन छन् ।
पुरानो ठेगाना पुरुञ्चौर भएपनि पछिल्लो समय गौतम परिवार गैह्रापाटन बस्दै आएका छन् । ५६ वर्षीय गौतम सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेको र त्यसपछि सम्पर्क हुन नसकेको उनका भतिज विकास आचार्यले जानकारी दिएका छन् ।
‘सामान्य दिन झैं काका दिउँसो घरबाट निस्कनु भएछ’ भतिज आचार्यले भने ‘बेलुकासम्म पनि नआउँदा काकाले मोबाइल र गाडीको चाबी घरमै छाडेको पाइयो ।’ त्यसबेला मोबाइल स्वीचअफ भइसकेको पाइएको आचार्यले बताए ।
गौतम मंगलबार दिउँसोसम्म सम्पर्कविहीन भएपछि परिवार र आफन्तको सल्लाहमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निवेदन दिइएको छ ।
निवेदन पाएपपिछ कास्की प्रहरी खोजीकार्यमा जुटेको छ । त्यस्तै, आफन्तहरु पनि पोखराको नारायणस्थान, सराङकोटलगायतको स्थानमा खोजी गरिरहेको आचार्यले जनाए ।
गौतम विभिन्न उद्यम र व्यवसायमा संलग्न छन् ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

